
प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बैठक बोलाइएको हो ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ५३ एवं सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐनको दफा ४१ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९र–८० र २०८०–८१ पेस गर्ने कार्यसूची छ ।
आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ लाई विचार गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।
उता शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव गर्नेछन् । उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।









Facebook Comments