काठमाडौं । शुक्रबारबाट शुरु हुन लागेको संसदको बजेट अधिवेशनको पहिलो दिनमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबारको संसद् बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको बताए ।

ad

बर्तौलाले ‘मुलुकका विकसित राजनीति र मुलुकको अवस्थाबारे प्रधानमन्त्रीले संसद्‌मार्फत जानकारी दिने जानकारी दिए । बजेट अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको छ।