काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ ।

ad

आज सुन तोलाको १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन अहिलेसम्मकै उच्च हो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १ लाख ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।