काठमाडौं । आज शुक्रबाट सुनको भाउ करिब ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँले घटेको छ ।

यस दिन प्रतितोला छापावाल सुन १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहिबार एक लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

ad

आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।