काठमाडौं । आइतबार निधन भएका वामपन्थी नेता एवम् लेखक कमल कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एकीकृत समाजवादी पार्टी कार्यालयमा राखिएको छ ।

कोइरालाको पार्थिव शरी आज बिहान आलोकनगरस्थित पार्टी कार्यालयमा राखिएको हो ।

ad

कोइराला पछिल्लो समय एकीकृत समाजवादीमा आबद्ध थिए । उनलाई श्रद्धाञ्जली दिन संसदमा सम्बोधन सकेर प्रधानमन्त्री ओली पनि जाने कार्यक्रम छ ।

केही दिनअघि पक्षघातका कारण अस्पताल भर्ना भएका उनको आइतबार निधन भएको हो । श्रद्धाञ्जली पछि आजै अन्त्येष्टि गरिने छ ।

कमल पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा हुन् । किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए ।