
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्वअध्यक्ष गणेश थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतमा पत्राचार गर्ने निर्णय गरेको छ।
दुई दिनसम्म चलेको एन्फाको कार्यसमिति बैठकले अन्तर्राष्ट्रिय फूटबलको प्रशासनिक निकाय फिफाबाट भ्रष्टाचार अभियोगमा प्रतिबन्धमा रहेका थापाविरुद्ध अख्तियारलगायतका निकायमा पत्राचार गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
‘…फिफाबाट प्रतिबन्धित पूर्वअध्यक्ष गणेश थापासम्बन्धी विभिन्न भ्रष्टाचारलगायतका फिफाको निर्देशन उल्लंघन र अन्य गतिविधिहरूलाई आवश्यक अनुसन्धान तथा छानबिन गरी कारबाहीका लागि फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा संघको न्यायिक निकायहरूमा आवश्यकताअनुसार पत्राचार गर्ने र संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य व्यक्ति उपर गम्भीर प्रकृतिका उजुरीलाई सम्बन्धित निकायमा छानबिन गरी निर्णयका लागि पत्राचार गर्ने निर्णय भएको छ,’ एन्फाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी एन्फाले कार्यसमितिको बाँकी कार्यकालका लागि अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा पियुष न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।











Facebook Comments