काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बिषयमा छलफल हुने छ ।

कांग्रेसको विधान अनुसार कार्यसम्पादन समितिको बैठक प्रत्येक महिना बस्ने व्यवस्था छ। तर पछिल्लो समय कार्यसम्पादन र केन्द्रीय समिति बैठक लामो समयदेखि बस्न सकेको छैन ।

ad

बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत विषयमा छलफल हुने बताइएको छ ।