काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सदनमा क्षमा याचना मागेका छन् ।

बुधवार बसेको प्रतिनिधिसभा बैठकमा घिमिरेले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्तिले पर्न गएको नकारात्मक असरप्रति क्षमा याचना मागेका हुन् ।

ad

घिमिरेले उक्त धारण पार्टी र संसदीय दलको आधिकारिक धारणा नभएको पनि बताए ।
उनले आफूले चैत ३ गतेको प्रतिनिधिसभा बैठकमा नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।