काठमाडौं । काठमाडौं उपत्यकामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएका मध्ये १३ वटा क्याम्पसको आधिकारिक नतिजा आएको छ ।

परिणाम अनुसार अखिल क्रान्तिकारीबाट बानेश्वर क्याम्पसमा भूमिराज अधिकारी, जप्रशासन क्याम्पसमा अनिकेत तिवारी, सानोठिमी क्याम्पसमा नन्द्रसिंह ठगुन्ना, काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा अपार पराजुली र जनकपुर इन्जिनियरिङ कलेज भक्तपुरमा प्रकाश पुडासैनी विजयी भएका छन् ।

ad

यस्तै नेविसंघबाट थापाथली इन्जिनयरिङ क्याम्पसमा प्रल्हाद खड्का, महारजगन्ज नर्सिङ क्याम्पसमा विन्दु पोखरेल, आयुर्वेद क्याम्पसमा निशाान अर्याल विजयी भएका छन् ।

अनेरास्ववियुबाट नेपाल कमर्श क्याम्पसमा विशाल रोकाहा, महेन्द्ररत्न क्याम्पस ताहाचलमा ईश्वर थापा र ललितकला क्याम्पसमा आशिष पौडेल विजयी भएका छन् ।

पुल्चोक इन्जिनयरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवरा स्वयं श्रेष्ठ विजयी भएका छन् ।