
काठमाडौं । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ। सिफारिस समिति अर्थमन्त्रीको संयोजकत्वमा हुने व्यवस्था रहेको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत २४ गते समाप्त हुँदैछ। अधिकारी गभर्नरमा नियुक्ति भएको समयमा प्रधानमन्त्री ओली र अर्थमन्त्री डा. युवराज खतिवडा थिए। अधिकारीलाई सरकारले २०७६ चैत २४ गते पाँच वर्षका लागि गभर्नरमा नियुक्त गरेको थियो।
हाल कांग्रेस र एमालेको संयुक्त सरकार रहेको छ। स्रोतअनुसार यस पटक गभर्नर कांग्रेसको भागमा परेको छ। यद्यपि, गर्भनर अधिकारी पुनः गर्भनर हुने आशमा छन्।
गभर्नरको बन्नका लागि हालका डेपुटी गभर्नरद्वय निलम ढुंगाना, बमबहादुर मिश्रलगायतका व्यक्तिले लबिङ सुरु गरेका छन्। ३ जनाको नाम सिफारिस हुँदा डेपुटी गभर्नरमध्ये १ जनाको नाम सिफारिस हुनैपर्ने भएकोले उनीहरू २जनामध्ये एउटाको नाम मन्त्रिपरिषद्सम्म पुग्ने निश्चित छ।
सिफारिस भएका ३ जनामध्ये एकजनालाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्ने व्यवस्था छ।









Facebook Comments