काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) को निर्वाचनका लक्षित विभिन्न समिति गठन गरेको छ ।

चैत ५ गते हुन गइरहेको निर्वाचन सम्पन्न गर्न नेविसंघले विभिन्न १४ वटा समिति र तिनका संयोजक तोकेको हो ।
स्ववियु निर्वाचनमा नेविसंघको तर्फबाट प्रत्यक्ष तथा समानुपातिक पदका उम्मेदवारलाई निर्वाचित गराउन र निर्वाचनमा नेविसंघको सहभागितालाई थप प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले निर्वाचन केन्द्रित समितिहरू गठन गरिएको अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिएका छन् ।
त्रिविमा स्ववियु निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको छ । आज संघ संगठन दर्ताको कार्यतालिका रहेको छ ।

ad