काठमाडौँ । नेपाली कांग्रेसले आगामी चैत ५ गतेका लागि तोकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा समन्वय गर्न सात प्रदेशमा कमान्डर खटाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले महामन्त्री विश्वप्रकाश शर्मालाई स्ववियु निर्वाचनको आन्तरिक तयारीका लागि संयोजन गर्ने जिम्मेवारी दिएका थिए ।

महामन्त्री शर्मासहितका नेताहरूको छलफलपछि सातै प्रदेशमा संयोजनका लागि नेताहरू खटाइएको हो । कोशी प्रदेशमा सहमहामन्त्री भिष्मराज आङ्देम्बे, मधेस प्रदेशमा सहमहामन्त्री महेन्द्र यादव, बागमती प्रदेशमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र गण्डकी प्रदेशमा सहमहामन्त्री जीवन परियारलाई कमान्डरको जिम्मेवारी दिइएको छ ।

ad


त्यस्तै लुम्बिनी प्रदेशमा केन्द्रीय सदस्य डा.चन्द्रकान्त भण्डारी, कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा एनपी साउदलाई कमान्डरको जिम्मेवारी दिइएको छ । त्यस्तै स्ववियु निर्वाचनमा पार्टी केन्द्रीय कार्यालय सानेपाबाट संयोजन गर्ने जिम्मेवारी केन्द्रीय सदस्य नानु बास्तोलालाई दिइएको छ । विश्वविद्यालयले ६२ आंगिक एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन गर्न लागेको छ ।