काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधनका लागि विधेयक ल्याउने तयारी गरेको छ । सत्ता साझेदार दल कांग्रेस एमालेको सहमति अनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्ने विधेयकलाई संसदमा अघि बढाउन लागिएको हो ।

यो विधेयकको दफा ३३ को व्यवस्था लामो समयदेखि निस्क्रिय रहँदै आएको छ । सोही दफालाई जगाउनका लागि विधेयक अघि बढाउन लागिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन । यो विधेयक सरकारले संसदकोआगामी बैठकमा लैजाने तयारी गरेको छ। प्रतिनिधि सभाको बैठक २१ गते बुधबार बस्दैछ । यसैबीच नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले सरकारले दल विभाजन सम्बन्धी विधेयक अगाडि बढाउन गरेको तयारीलाई नजिकबाट हेरिरहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अध्यादेशबाट राजनीतिक दल फुटेका कतिपय अप्रिय घटनाहरू रहेको भन्दै अहिले देशमा विषम परिस्थिति भइरहेको बेलामा ल्याउन लागेकाले त्यसको समीक्षा हुने बताए । उनले सरकारले अध्यादेश ल्याउनुको नियतमा पनि प्रश्न उठाएका छन् ।

ad