काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हतियारको राजनीतिलाई धनयुद्ध र व्यक्तिहत्याको राजनीति भएको बताएका छन् ।
नेपाली कांग्रेसको दोस्रो जिम्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादीले गरेको हतियारको राजनीतिले धेरै संकट निम्त्याएको बताएका हुन् । थापाले नेपाली कांग्रेसले शान्ति प्रक्रियामा नेतृत्व गरेको र हिंसालाई टुंगो लगाउने प्रयास गरेको बताए ।
उनले कांग्रेसले शान्ति प्रक्रियालाई टुंगो लगाउने र संविधानलाई पूर्णता दिने काममा नेतृत्व गरेको दाबी गरे । थापाले माओवादी नेतृत्वकर्ता प्रचण्डले धेरै चकचक गरेकै कारण यस्तो अवस्था आएको पनि बताए ।
उनले आजित भएका कांग्रेस एमाले बाध्य भएर मिलेको बताए । नेता थापाले अहिले बढेको निराशालाई चिर्न शक्तिशाली सम्पति छानविन आयोग बनाएर जानुपर्ने बताए ।

ad