काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले चुनावपछि महाधिवेशन गरे कांग्रेसको हालत नाजुक हुने टिप्पणी गरेका छन् । सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले महाधिवेशन समयमै हुनु पर्ने बताएका हुन् ।


उनले पार्टी सभापति शेरबहादुर देउवा निवास पुगेका ११ नेताहरूले गएको महाधिवेशनमा देउवालाई नै सहयोग गरेकाहरूले अहिले जाँदैमा फरक नपर्ने पनि टिप्पणी गरे । कोइरालाले सरकारमा छौँ भन्दैमा प्रतिस्पर्धी एमालेको गुणगान गाएर नहुने टिप्पणी पनि गरे । उनले सरकारले गरेको गलत कामको खबरदारी गर्नु छाड्न नहुने बताए ।

ad

उनले सरकारले ल्याएको अध्यादेशको पनि विरोध गरे । अध्यादेशले नै सरकार चलाउनु लोकतान्त्रिक चरित्र नहुने टिप्पणी गरे । उनले राज्य शक्तिको दुरुपयोग गरेर एमाले सांसद लिलाबल्लभ अधिकारीलाई जोगाएको भन्दै आपत्ति जनाए ।