
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम रद्द भएको छ ।
यसअघि ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलिटी’ को वक्ताका रूपमा सहभागी हुन देउवा आज त्यसतर्फ जाने तय भएको थियो ।
भारतमा कुनै उच्चस्तरीय भेटघाट नहुने देखेपछि देउवाले यो कार्यक्रम स्थगित गरेको जनाइएको छ । हिजो रातिसम्म इन्डिया फाउन्डेसनले नेपालका पूर्वप्रधानमन्त्री कुम्ब ग्लोबल समिट कार्यक्रममा आउँदैछन् भनी प्रचारप्रसार गरेका थियो ।









Facebook Comments