काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम गर्न अहिलेको सत्तागठबन्धन बनेको भन्दै सत्ता साझेदार दलबीच कुनै शंका–उपशंका गर्न जरुरी नरहेको बताएका छन् ।


आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले उनले सत्ता साझेदार दलबीच उच्च विश्वास र समझदारी रहेको बताए । यसैगरी, उनले हालै जारी अध्यादेश मार्फत आएका नीतिगत र कानुनी सुधारले व्यवसायिक वातावरणमा सुधार आउने तथा लगानी अभिवृद्धि भई आर्थिक गतिविधि बढ्ने उनले विश्वास व्यक्त गरे ।

ad