काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितलाई स्पष्टीकरण सोधेका छन् ।
मन्त्रीले पछिल्ला दिनमा भएको गैह्रकानुनी कार्यहरुको सम्बन्धमा स्पष्ट पार्नका लागि पत्र प्राप्त मितिले ३ दिन भित्र युवा तथा खेलकुद मन्त्री एवं प्रमुख स्काउट समक्ष भौतिक रुपमा उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएका हुन्् ।

मन्त्री चौधरीले प्रमुख आयुक्त रन्जितलाई स्काउटको सम्पत्ति भाडामा नलगाएको, कार्यालय प्रमुख रामप्रसाद भट्टराई निलम्बन गरि प्रष्टीकरण सोधेको विषय लगायत १० बुँदे स्पष्टीकरण सोधेका हुन् । उनलाई भौतिक रुपमा मन्त्रालय उपस्थित भई स्पष्टीकरण पेश गर्न भनेका छन् ।

ad

नेपाल स्काउटको प्रमुख आयुक्त पदमा प्रमुख स्काउटबाट मनोनयन भई प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका रन्जितमाथि नेपाल स्काउट ऐन २०५० (संसोधन सहित), नेपाल स्काउट नियमावली २०७७ (संसोधन सहित), नेपाल स्काउट कर्मचारी सेवा नियमावली २०५२ (संसोधन सहित)र प्रचलित कानुनको समेत ठाडो उल्लंघन गरेको आरोप लगाइएको छ ।