
काठमाडौँ । पुराना आफ्नो सञ्चार क्षेत्रलाई सम्झी अभिनेता श्रीदेव भट्टराई ले श्रीदेव पोड कास्ट ल्याउने भएका छन्। बुधवार बाट प्रसारण गरिने कार्यक्रममा समाजमा कार्य गर्ने कुनै पनि क्षेत्रको ब्याक्तित्वहरु सङ्ग अन्तरङ्ग कुराकानी हुने जनाइएको छ ।
केही समय सञ्चार जगत् , नाटक , मोडलिङ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरी अविरल रूपमा आफ्नो कला प्रस्तुत गरिरहेका भट्टराई सङ्ग धेरै अनुभवहरू छन् । पछिल्लो समय अभिनय का साथै मोडलिङ , विदेशी कार्यक्रममा व्यस्त हुँदै गर्दा यो कार्यक्रमले थप ऊर्जा मिलेको बताएका छन् । आर बि डिजिटल प्रा ली ले पकेट टि भि युट्युब च्यानल मार्फत प्रसारणमा आउन लागेको कार्यक्रमको निर्माता, निर्देशक बिजय भुर्तेल रहेका छन् ।









Facebook Comments