
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत सार्वजनिक भएको छ ।
‘नेपाल हाँसेको…’ बोलको गीतमा बालेनको शब्द, संगीत र स्वर छ । कार्यकारी निर्माता समेत रहेका कलाकार अर्जुन घिमिरे ‘पाँडे’सँग राम्रो सम्बन्ध भएका कारण बालेनले यो चलचित्रका लागि गीत गाएका हुन् ।
फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने चलचित्र ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा…’ बोलको गीत सार्वजनिक गरेको थियो ।
‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।









Facebook Comments