चितवन । पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने आज चितवन पुगेका छन् ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि अदालतमा उपस्थित हुन लामिछाने चितवन पुगेका हुन् ।

ad

उनी चितवन पुगे पनि आजै बयानका लागि अदालतमा उपस्थित हुने नहुने टुंगो लागेको छैन ।

रास्वपा जिल्ला सभापति कृष्ण भुसालका अनुसार उनी गएराति नै स्थलमार्ग हुँदै चितवन पुगेका हुन् ।

रविसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ ।