
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवनमा व्यस्त रहेकाले बैठक स्थगित भएको माओवादीकेन्द्रले जानकारी दिएको छ ।
बैठक भोलि (सोमबार) बिहान ११ बजे प्रचण्ड निवास खुमलटारमा बस्नेछ । यसअघि बिहान ११ बजे बोलाइएको आजको बैठक प्रचण्डको कार्य व्यस्तताका कारण दिउँसो २ बजेलाई सारिएको थियो ।
सोमबारको बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनसम्बन्धी प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।









Facebook Comments