काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा केहि नेताहरुले पार्टीको महाधिवेशन २०८४ पछाडिगर्ने प्रस्ताव गरेका छन् ।
शुक्रबार नयाँ बानेश्वरमा बसेको दलको संसदीय दलको कार्यालयमा डा.शशांक कोइराला, डा. नारायण खड्का लगायतले यस्तो प्रस्ताव गरेका हुन् ।
कांग्रेस संसदीय दलको बैठकमा स्थनीय चुनाव संघीय चुनाव भन्दा पछाडि गर्नुपर्ने र यसका लागि आवश्यक परे संविधानमै लेख्नुपर्ने पनि कांग्रेस नेताहरूले जोड दिएका छन् । यसैबीच कांग्रेसको संसदीय दलको बैठक लम्बिएको छ ।
आज बैठक सक्नेगरी बोलाइएको भए पनि बोल्ने क्रम लम्बिएकाले आज नसकिएकोले अर्को बैठक २४ गते बिहान बोलाइएको छ । सांसदहरुले बोल्ने क्रम सकिए पनि मन्त्री, पार्टीका पदाधिकारीले बोल्ने क्रम बाँकी छ ।

ad