काठमाडौं । तीन दिनदेखि लगातार घटिरहेको सुनको मूल्य बुधबार बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।

ad

आज सुन तोलाको १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार, सोमबार र मंगलबार सुनको मूल्य तोलामा क्रमशः २ सय, ३ सय र ९ सय रुपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।