
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई खानेपानी मन्त्री प्रदिप यादवले धरानमा खानेपानीको समस्या चाँडै समाधान हुने आश्वासन दिएका छन् । खानेपानी मन्त्री यादव भेट्न मन्त्रालय पुगेका साम्पाङलाई मन्त्री यादवले धरानमा खानेपानीको लागि यही वर्ष टेण्डर निस्कने आश्वासन दिँदै खुसी भएर धरान फर्कन आग्रह गरेका थिए ।
मन्त्री यादवले आफू धरानवासीप्रति सधैँ सकारात्मक रहेको बताउँदै खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंक को ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले खानेपानी व्यवस्थापनका लागि टेण्डर आह्वान गरिएको सूचना सहितको पत्र धरानवासीलाई लिएर जाने बताए । मन्त्री यादवलाई भेटेर सिंहदरबारबाट बाहिरिएपछि मेयर साम्पाङले धरानमा खानेपानीको समस्या समाधान हुनेमा आफू सकारात्मक भएको बताए ।










Facebook Comments