काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायलबीच युद्धविराम भएको छ ।

सन २०२३ अक्टोबर ७ मा हमासले इजरनयलमाथि हमला गरेको थियो । त्यसको केही दिनमै हमासमाथि इजरायलले प्रतिहमला सुरु गरेको थियो । युद्ध सुरु भएको १५ महिनापछि पहिलोपटक युद्धविराम भएको हो ।

ad

युद्धविरामलाई अन्तिम रूप दिन कतार, इजिप्ट, टर्की र अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पका प्रतिनिधि बसेका थिए ।

ट्रम्पले इजरायल र हमासभन्दा अघि नै युद्धविरामको अपिल गरेका थिए । हमासले पनि अलजजिरा अरेबिकसँग बोल्दै युद्धबिराम भएको र बन्धक छोडिने बताएको छ ।

इजरायललाई ट्रम्प दूतले र हमासलाई कतार, टर्की र इजिप्टले दबाब दिएर युद्धबिराम र बन्धक छुटाउने सहमति भएको बताइएको छ ।

यो सँगै हमासले बन्धक बनाएका विपिन जोशी छुट्ने बाटो खुलेको छ । केही दिनअघि परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाले जोशी जीवित भएको बताएकी थिइन्।

जोशीलाई हमासले पहिल्यै चरणमा छाड्छ कि अर्को चरणमा छाड्छ भन्ने यकिन भइसकेको छैन । नेपाल सरकारले भने निरन्तर प्रयास गरिरहेको छ ।