काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । ३३ वर्षीय पुडासैनीको शुक्रबार राति अकस्मात निधन भएको हो ।

राति ११ बजेतिर सरस्वतीनगरस्थित निवासमा अकस्मात ढलेपछि उनलाई चाहबिलस्थित हेल्पिङह्यान्ड अस्पतालमा लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

ad

पुडासैनी विगत १४ वर्षदेखि पत्रकारितामा क्रियाशील थिए । पछिल्लो समय उनी नेपालभ्युजका उपसम्पादक थिए ।

नुवाकोट स्थायी घर भएका उनले रेडियो अन्नपूर्णसँगै प्राइम, माइन्टेन, जनतालगायत टीभीमा काम गरेका थिए ।