
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पाँच देशका राजदूत नियुक्त गरेका छन्।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषद्को सिफारिस अनुसार प्रकाशमणि पौडेललाई पोर्चुगलका लागि, सनिल नेपाललाई स्पेन, प्रा.डा. कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा. शिवमाया तुम्बाहाङफेलाई गणतन्त्र कोरियाका लागि राष्ट्रपतिले राजदूत नियुक्त गरेका छन्।

उनीहरुलाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूतमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।









Facebook Comments