काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बिहीबार बस्दै छ। बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने सचिव गणेश साहले जानकारी दिए।

आसन्न केन्द्रीय समितिको बैठकको तयारीलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो। साहका अनुसार माओवादीले पुस ३ गते केन्द्रीय समितिको बैठक राख्ने तयारी गरेको छ ।

ad

बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा र समसमायिक राजनीतिबारे छलफल हुने साहले बताए।