काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले कप्तान रोहितकुमार पौडेलको अलराउन्डर प्रदर्शनमा पहिलो जित हात पार्न सफल भएको छ ।

यसअघि लगातार चार खेलमा पराजित भएको लुम्बिनीले आफ्नो पाँचौ खेलमा पहिलो जित दर्ता गराएको हो। लुम्बिनी लायन्सले मंगलबार चितवन राइनोजलाई ३३ रनले पराजित गर्‍यो । जारी प्रतियोगिता चितवनले भने पाँच खेलमा दोस्रो हार ब्यहोरेको छ।

ad

लुम्बिनीले दिएको १६८ रन पछ्याएको चितवनले २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो। जवाफमा आएको चितवनले ८ विकेट गुमाई १ सय ३४ रनमात्र बनाउन सक्यो ।