अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ।अमेरिकी भौगर्भिक सर्वेका अनुसार ७ म्याग्निच्युडको भूकम्प गएको हो।

उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा भूकम्पको केन्द्र रहेको बताइएको छ।

ad

भूकम्प लगत्तै उत्तरी क्यालिफोर्निया र दक्षिणी ओरेगनको तटमा सुुनामीको चेतावनी जारी गरिएको थियो।

अहिलेसम्म भूकम्पबाट मानवीय क्षतिको विवरण प्राप्त नभएको बीबीसीले जनाएको छ।