काठमाडौं । रसियन अभिनेत्री क्यामिला बेलयात्स्काको योग गरिरहेको बेला समुन्द्री छालमा परेर मृत्यु भएको छ।

थाइल्यान्डको समुन्द्री किनारमा रहेको चट्टानमा उनले योग गरिरहेकी थिइन्।

ad

अकस्मात् तीव्र गतिमा आएको लहरको चपेटामा उनी परिन्। उनी आफ्नो केटा साथीसँग छुट्टी मनाउन त्यहाँ पुगेकी थिइन्।

त्यही क्रममा उनी समुन्द्री किनारमा योग गर्न बसेकी थिइन्। उनी वरपर रहेकाले जोगाउने कोशिस गरेपनि सफल भएनन्।