काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजका लागि सचिवालय बैठक बोलाएका छन् ।

आज बिहान ८ बजे अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बस्ने गरी उनले पदाधिकारी बैठक बोलाएका हुन् ।

ad

माओवादीले स्थानीय तह उपनिर्वाचनकाे समीक्षा गर्न र आसन्न केन्द्रीय कमिटी बैठकलगायत विषयमा छलफल गर्नका लागि बैठक डाकेकाे हाे ।

बैठकले अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबारे पनि निर्णय लिन सक्ने अपेक्षा गरिएको छ ।