काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको छैटौँ खेलमा कर्णाली याक्सले काठमाडौँ गुर्खाजलाई १५० रनकाे चुनाैती दिएकाे छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएकाे खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ५ विकेटको क्षतिमा १४९ रन बनायो । कर्णालीका लागि शिखर धवन ‘गब्बर’ ले ५१ बलमा ५ छक्का र ४ चौकाको मद्धतले अविजित रहँदै ७२ रन बनाए ।

ad

त्यस्तै चाडविक वाल्टनले २१ तथा जीशन मसूदले अविजित रहँदै १४ रन जोडे । काठमाडौँका लागि गेर्हार्ड इरास्मसले २ विकेट लिए ।

दुवै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो ।

त्यस्तै काठमाडौँ चितवनसँग ५ विकेटले पराजित भएको थियो । पहिलो जितका लागि दुवै टिम आतुर देखिएका छन् ।

आजको दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लाइन्स खेल्दै छन् । लुम्बिनीले पहिलो खेल खेल्दै छ भने विराटनगरको यो तेस्रो खेल हुनेछ । यसअघिका दुवै खेल विराटनगरले हारेको छ ।