काठमाडौँ  ।  सामाजिक पारिवारिक कथामा निर्माण भएको वेभ सिरिज ‘मूलघर’  भोलि बुधवार देखि प्रसारणमा आउने भएको छ । 

ad

चलचित्र निर्माता सूर्य श्रेष्ठको सह निर्माण र  स्वानिका बास्तोलाको  निर्माण ,लेखन तथा निर्देशन रहेको ‘मूलघर’ मा स्वानिका सहित विनोद श्रेष्ठ, अभिषेक जोशी,सुमित्रा अधिकारी , मोहन कृष्ण श्रेष्ठ,मिना जिसी, सुपा खनाल,कृष बम, छायाँ भुजेल, सोनिया पुरी लगायतका कलाकारको अभिनय रहेको छ ।  देव शेर्पाली सिरिजलाई खिचेका हुन भने सम्पादन दीप शेर्पाली बस्न्यातले गरेका छन् । 

‘मूलघर’ अफिसियल युट्युब च्यानलबाट  हरेक बुधवार राती ८ बजे स्ट्रिमिङ हुने वेभ सिरिजको शीर्ष गीत  प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका हुन् ।  शीर्ष गीतमा योगेश काजीको सङ्गीत र सदिच्छा कट्टेलको स्वर रहेको छ  ।