गायक प्रमोद खरेलको स्वरमा 'किन रूनु हुन्न र मर्दले' बोलको गीत सार्वजनिक भएको छ।

शनिबार बेलुका सार्वजनिक यो गीत राम शर्माले लेखेका हुन्। संगीत रोशन सिंहको छ भने एरेन्ज विशाल निरौलाले गरेका छन्। भिडिओमा विक्रम बुढाथोकी र एलिना रायमाझीले अभिनय गरेका छन्। विवाहित जोडीको कथा भिडिओमा देखाइएको छ।

ad

भिडिओको कथा र निर्देशन विक्रम चौहानको हो। बुद्ध थापाको छायांकन रहेको भिडिओलाई लक्ष्मण चौहानले सम्पादन गरेका छन्। सञ्चारकर्मी समेत रहेका लक्ष्मण शर्मा भिडिओका निर्माता हुन्। ‘आरएल क्रियसन’ युट्युब च्यानलमा भिडियो सार्वजनिक भएको छ ।

https://www.youtube.com/watch?v=tI00XR9pNCI