काठमाडौं । जाजरकोटकाे नलगाड नगरपालिकाको उपमेयरमा माओवादीकी देवका लामिछाने विजयी भएकी छन् ।

उनले ४२७२ मत पाएर विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंहले ३१४७ मत मात्रै पाइन् । एमालेकी सुनिता बोहराले २५४२ मत ल्याइन् ।

ad

यसअघि कांग्रेसले जितेको नलगाड नगरपालिकाको उपमेयरमा माओवादीले जितेको हो । माओवादीले ०७९ मा जितेको कुसे गाउँपालिका ७ को वडाध्यक्ष पद भने गुमाएको हो ।