काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओलीको आसन्न चीन भ्रमणको पुर्व तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन जाने भएकी छन् ।

उनी शनिबार नेपाल फर्किएर पुनः सोमबार चीन प्रस्थान गर्ने कार्यतालिका रहेकोे छ ।
१७ मंसिरमा हुने प्रधानमन्त्री केपी ओलीको भ्रमणदलमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ । भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन् ।

ad


चिनियाँ राष्ट्रपति सी चिनफिङसँग १८ मंसिरमा भेट हुनसक्ने परराष्ट्र स्रोतले बताएको छ ।