काठमाडौं । एसीसी यू–१९ एसिया कप खेल्ने नेपाली टिमलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार एक कार्यक्रममार्फत नेपाली टिमलाई बिदाइ गरेको हो ।

नेपाली टिमलाई क्यानका सचिव पारस खड्का, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङसँगै क्यानका सदस्यले बिदाइ गरे । नेपाली टिम शक्ति गौचनको प्रशिक्षण र हेमन्त धामीको कप्तानीमा मैदानमा उत्रनेछ ।
प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ ।

ad

यो समूहमा नेपालसँगै अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । नेपाली टिमले आउँदो डिसेम्बर १ मा बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । प्रतियोगिताको यो संस्करणमा कुल आठ टिमको सहभागिता छ ।