
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिमा लगानी दशक घोषणा गर्नुको उद्देश्य यस क्षेत्रका समस्याहरू समाधान गर्नु रहेको बताएका छन् ।
आज मन्त्रालयमा कृषि विकास रणनीतिको समीक्षा सन्दर्भमा खाद्यका लागि कृषि अभियानको तर्फबाट धारणा प्रस्तुत गर्ने क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले कृषिमा आमूल परिवर्तन ल्याउने उद्देश्यले सरकारले केही प्रमुख कदम उठाउने तयारी गरेको बताएका हुन् । उनले सरकारले आत्मनिर्भरता हासिल गर्ने तरिकाले काम गर्न खोजेको र यसका लागि दीर्घकालीन सोच र योजनाहरू बनाएको बताए ।
अर्को वर्षको रणनीतिक र गन्तव्य तयार गर्दै कृषि मन्त्रालयले केही नयाँ योजनाहरू बनाइरहेको छ । मन्त्री अधिकारीले आगामी वर्षका लागि प्रस्ताव गरिएका योजनाहरूको सम्बन्धमा कृषक र कृषिविद् विशेषज्ञहरूको सुझाव महत्त्वपूर्ण हुने बताएका छन् ।









Facebook Comments