देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा फ्रान्सबाट १० अक्सिजन प्लान्ट्स वितरण हुने

देशान्तर

काठमाडौं – फ्रान्सबाट चार हप्ता भित्र नेपालमा अक्सिजनको अभाव कम गर्न १० अक्सिजन प्लान्ट्स वितरण हुने भएको छ । नेपाल तथा संयुक्त राज्य अमेरिकामा धेरै संस्थाहरुको कन्सोर्टियम गठन गरी विभिन्न संस्थाको सहयोगामा १० अक्सिजन प्लान्ट्स वितरण गरिने भएको हो ।

अहिलेको परिस्थिति सिर्जना भएका अक्सिजन अभावको समस्यालाई तुरुन्त सम्बोधन गर्नका निमित्त नेपाल तथा संयुक्त राज्य अमेरिकामा धेरै संस्थाहरुको कन्सोर्टियम गठन गरिएको छ । विविध क्षेत्रमा विशेषज्ञता भएका यी संस्थाहरुले मेडिकल अक्सिजन जेनरेटर र अक्सिजन भर्ने सिस्टमलाई नेपालमा आयात गर्नको निमित्त एकजुट भइ निरन्तर काम गरिरहेका छन् ।
अक्सिजन जेनरेटर र अक्सिजन भर्ने सिस्टम निर्माण गर्नको लागि मेडिकल अक्सिजन उत्पादनका फ्रान्सेली कम्पनी एनओभिएआइआरलाई छनोट गरिएको छ ।

हाल १० अक्सिजन प्लान्ट र पाँचवटा अक्सिजन भर्ने सिस्टम उत्पादन गर्ने प्रक्रियामा रहेको एनओभिएआइआरले तीन हप्ता भित्रमा उक्त अक्सिजन प्लान्ट र सिस्टमलाई नेपाल भित्राउनेलक्ष्य लिएको छ । प्रति दिन १० अक्सिजन जेनरेटरहरूले प्रति मिनेट २४०० लिटर अक्सिजन उत्पादन गर्दछ । (६.८ क्युबिक मिटर क्षमताको ६४० जम्बो सिलिन्डर बराबर) । नेपालका सातै वटा प्रदेशमा कम्तिमा एउटा अक्सिजन प्लान्टको स्थापना गर्न कन्सोर्टियम प्रतिबद्ध छ । यी संस्थाहरुले मेडिकल अक्सिजन जेनरेटर र अक्सिजन भर्ने सिस्टमलाई नेपालमा आयात गर्नको निमित्त एकजुट भइ निरन्तर काम गरिरहेका छन् ।

यी हुन् अक्सिजन प्लान्ट्स हयोगी संस्थाहरु :-

– द कोका कोला फाउण्डेसनः क्रिएसन लाई एक अक्सिजनजेनरेटरको लागत सहयोग गरेको ।

– एसएनएस ग्रुप नेपालः कोषमा रकम संकलन, एयर कार्गोको व्यवस्थापन र अक्सिजन भर्ने सिस्टमका साथै एउटा अक्सिजन जेनरेटर उपलब्ध गराउनको लागि एसएनएस ग्रुप नेपाल हुमानिटी फाउण्डेसन नेपालसँग निरन्तर रुपमा काम गरिरहेको छ ।

– बिएकटिए फाउण्डेसनः अटो वेज् प्रा.लि., केसी ग्रुप, क्वालिटी एग्रिगेट प्रा.लि., सेल्स्बेरि प्रा.लि., सुपर माडी हाइड्रोपावर प्रा.लि., एनि इन्कर्पोरेटेड प्रा.लि. जस्ता संघ–संस्था तथा व्यक्तिगत दाताहरूले बिएकटिए फाउण्डेसनको पहललाई सहयोग पु¥याएका छन् ।

– अमेरिका नेपाल मेडिकल फाउण्डेसन (एएनएमएफ) लाई नेपाली डाक्टरस् एसोसिएसन अफ द युनाइटेड किङ्गडम, हेल्थ एक्सचेन्ज नेपाल र नेपाली मेडिकल डायस्पोराको गठबन्धन गर्ने अन्य संस्थाहरूले सहयोग पुयार्छएकाे छ ।