देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साफ च्याम्पियनसिपकाे उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने

देशान्तर

साफ च्याम्पियनसिपकाे उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएकाे छ । बुधबार भएकाे पहिलाे खेलमा नेपालले बंगलादेशसँग एक एक गाेलकाे बराबरी खेल्दै तालिकमा १ अंक थपेपछि नेपाल शीर्ष दुइमा रहँदै फाइनलमा प्रवेश गरेकाे हाे ।  साफ  शुरु भएको २८ वर्ष पछि पहिलो पटक नेपाल फाइनलमा पुगेको हो ।

फाइनल उत्रनका लागि बराबरी गरे पुग्ने नेपालले त्यही नतिजा निकाल्दै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो । यो ऐतिहासिक सफलता नेपाली टोलीले बंगलादेशविरुद्धको खेलको ८८ औं मिनेटमा सम्भव भएको थियो ।

खेलको नवौ मिनेटमा नै अस्वभाविकरुपमा पछि परेको नेपालले बराबरीमा उभिन ८८ औं मिनेटसम्म कुर्नु पर्‍यो । ७९ औ मिनेटमा डिबक्स बाहिर आएर हातले बल रोक्दा गोलरक्षक अनिसुर रहमानले रातो कार्ड पाएपछि बगलादेश १० खेलाडीमा सीमित बनेको थियो । निरन्तर बंगलादेशको पोलमा दबाब दिइरहेको नेपालले खेलको ८८ औ मिनेट पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खेल बराबरी गरेको हो । पेनाल्टीलाई अञ्जन विष्टले सुन्दर ढंगले गोलमा परिणत गरेका थिए ।

यस अघि पाँच पटक नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो ।

खेलको नवौं मिनेटमा बंगलादेशका सिमोन रेजाले हेडमार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । बुधबार नै भएकाे अर्काे खेलमा भारतले ३-१ गाेल अन्तरले मल्दिभ्सलाई  पराजित गर्दै नेपालसँगकाे उपाधि भेट पक्का गरेकाे हाे । फाइनल खेल शनिबार हुने छ ।