देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दशैं र महँगी

देशान्तर

नेपालीहरूको महत्वपूर्ण चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य सामानको मूल्य बढेको छ । चाडपर्वका बेला हुने महँगी, कालोबजारीजस्ता गतिविधि नियन्त्रण गर्न सरकारको भूमिका भने प्रभावकारी देखिएको छैन । बजारमा व्यापारीको मनोमानी पनि उत्तिकै छ । त्यसो त, नेपालीहरूको महत्वपूर्ण चाड दशैं नजिकिएसँगै बजारमा सर्वसाधारणको घुइ“चो लाग्न थालेको छ । यही मौकामा व्यापारीले बढी मूल्य असुल्न थालेका छन् ।

कालोबजारी नियन्त्रण गर्ने घोषणा गरेको सरकारले कानुनअनुसार बजार अनुगमन गर्न सकेको छैन । व्यापारीले विभिन्न बहानामा तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य रातारात बढाएका छन् । चाडपर्वको मौसममा अत्यधिक खपत हुने वस्तुको मूल्यमा सबैभन्दा बढी अराजकता छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वलाई लक्षित गरेर निरन्तर अनुगमन गरेको जनाए पनि त्यसले बजारको अराजकता तोड्न सकेको छैन ।

निश्चित बजार क्षेत्रमा पूर्वसूचना दिएर हुने अनुगमनले सर्वसाधारणको समस्या सम्बोधन गर्न नसक्ने अभियन्ताहरू बताउ“छन् । चाडपर्वको मौसममा अधिकारकर्मीहरूले नै मौकामा चौका हान्ने व्यापारीस“ग मिलेर अनुगमन प्रक्रियालाई फितलो बनाउने गरेको सर्वसाधारणको गुनासो छ । त्यसैको परिणाम मौसमी अनुगमन व्यापारीका निम्ति क्लिन चिट लिने अवसर तथा अनुगमनमा खटिनेहरूका निम्ति अनुचित लाभ लिने अवसर जस्तो मात्र बनेको छ । उपभोक्ताले बजारमा शुद्धता, एकरूपता र जवाफदेहिता भेट्टाएका छैनन् । व्यापारीले एउटै वस्तुमा ३ सयदेखि ८ सय प्रतिशतसम्म मुनाफा राख्ने गरेको भेटिएको छ । विशेषगरी दशैं लक्षित बजारमा, अखाद्य वस्तु, म्याद गुज्रिएको वस्तु, उत्पादन मिति नभएका तथा मूल्य निर्धारण नगरिएका वस्तुमा सबैभन्दा बढी उपभोक्ता ठगिएका छन् । चाडपर्वमा बढी कारोबार हुने जुत्ता, कपडा, फर्निचर तथा सजावटका सामानमा समेत मूल्यको कुनै निश्चितता छैन ।

शान्ति र सद्भावको सन्देश बोकेर आउने बडा दशैंले सम्पूर्ण हिन्दु नेपालीहरूलाई सा“च्चिकै शान्तिको अनुभूति दिलाउने गर्दछ । हुन पनि हो, दशैंजस्तो महान् चाडमा हामीले हरेक दुःख कष्ट बिर्सेर सुख र शान्तिको सास फेर्ने गर्दछौं । एकअर्कास“ग खुसी साटासाट गर्ने र मान्यजनबाट टीका ग्रहण गरी दशैं मनाउने परम्परा परापूर्वकालदेखि चलिआएको छ । मह“गीले वर्षदिनमा एकपटक आउने दशैं सामान्य आाम्दानी हुनेहरूका लागि त दशा नै हुन्छ । बजार भाउ दिनप्रतिदिन बढिरह“दा दुःख गरी जोहो गरेर राखेको केही रकमले दशैं खर्च टार्न हम्मेहम्मे परिरहेको हुन्छ ।

‘हुनेलाई खसी नहुनेलाई फर्सी’ भने झैं गरिबहरूका लागि त्यही फर्र्सी किन्ने पैसा पनि नहुने अवस्था छ हाम्रो समाजमा । हुने खाने वर्गहरूका लागि दशैंले निकै हर्षोल्लास ल्याएको छ तर गरिब र विपन्न वर्गका मानिसलाई भने दशैंले ऋणको भार बोकाउने चिन्ताको बादलले छपक्कै छोपेको छ । मह“गीका कारण गरिबीको रेखामुनि रहेकाहरूका लागि मात्रै नभएर सामान्य व्यापारी, कर्मचारी, किसानलगायतकाहरूलाई पनि दशैं कसरी राम्ररी मनाउने भन्नेभन्दा पनि कसरी पार लगाउने भन्ने ठूलो कुरा हुन्छ । समयमै तलब नपाउनु, व्यापार राम्रो नहुनु, बाली उत्पादन राम्रो नहुनुजस्ता कारणले सामान्य मानिस चाडपर्व आउने बित्तिकै ठूलै संकटमा पर्ने गर्दछन् । त्यसैले फजुल खर्च गर्नभन्दा दशैंको अवसर पारेर कुनै सामाजिक काम पनि गर्न सकिन्छ । तपाईंले गरेको सानो प्रयास भावी पुस्ताहरूको लागि मार्गनिर्देशन हुनेछ । २०७८ सालको विजया दशमीले सबैलाई तडकभडक र खर्चिलो नबनाई आफ्नो संस्कृतिलाई बचाउ“दै दशैं पर्व मनाउन सिकाओस् सम्पूर्ण नेपाली र सम्पूर्ण हिन्दुहरूमा वडादशैंको हार्दिक मंगलमय शुभकामना ।