देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको काठमाडौं महानगर सभापतिमा नीलकाजी शाक्य विजयी

देशान्तर

काठमाडौं – नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । आइतबार सम्पन्न महानगरको निर्वाचन शाक्यले ७ सय ८६ मतसहित निर्वाचित भएका हुन् ।

त्यसैगरी शाक्यका प्रतिष्पर्धी प्रगतीमान रञ्जितले भने ३ सय २९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । शनिबार उद्घाटन गरिएको काठमाडौं महानगरको अधिवेशनमा शाक्य र रञ्जित आ-आफ्नो प्यानलसहित प्रतिष्पर्धाको मैदानमा रहेका थिए ।

सम्पन्न निर्वाचनमा कुल १ हजार ३ सय ३९ मत खसेको थियो । त्यस्तै अन्यको भने मत परिणाम आउन बाँकी रहेको छ । शाक्यलाई कांग्रेस नेतृत्वमा संस्थापन इतरको समर्थन रहेको थियो । भने रञ्जितलाई संस्थापनको समर्थन रहेको थियो ।

महानगर सभापतिमा निर्वाचित शाक्य कांग्रेसका पुराना नेता हुन्। कांग्रेसमा इमान्दार नेताको परिचय बनाएका शाक्य कलाकारिता क्षेत्रमा समेत सक्रियता रहेको छ । उनी हाल काठमाडौं महानगरपालिकाअन्तर्गत वडा नम्बर २५ का निर्वाचित जनप्रतिनिधि अर्थात् वडा अध्यक्ष पनि हुन् ।