देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले विधान महाधिवेशन व्यवस्थित गर्न ५ कमिटी, १० समूह

देशान्तर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम विधान महाधिवेशनलाई व्यवस्थित गर्न पाँच कमिटी गठन गरिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको सो महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष मण्डल, प्रस्ताव मस्यौदा कमिटी, सुझाव अध्ययन कमिटी, बहस नोट कमिटी र प्रचार समन्वय कमिटी गठन गरिएको छ ।

त्यसरी गठन गरिएका कमिटीहरुमध्ये अध्यक्ष मण्डल कमिटीको अध्यक्षमा केपी शर्मा ओली रहेका छन् भने सदस्यहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा छन् ।

त्यस्तै, प्रस्ताव मस्यौदा कमिटीमा भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कंडेल, डा राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी, सुझाव अध्ययन कमिटीमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, डा बिन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र डा. शिवमाया तुम्बाहाम्फे रहेकी छन् । नागरिक दैनिकबाट