देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कृष्णप्रसाद भट्टराईदेखि झलनाथ खनालसम्म ९०३ जना लाई विभूषण

देशान्तर

 राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९०३ जनालाई विभिन्न विभूषण, अलंका र पदक प्रदान गरेकी छन्।

नेपाली कांग्रेसका संस्थापक एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न प्रदान गरिएको छ ।नेपालको सबैभन्दा ठूलो मान-पदवी ‘नेपाल रत्न’ मरणोपरान्त पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रदान गरिने भएको हाे ।

मन्त्रिपरिषदका पूर्वअध्यक्ष सूवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता  झलनाथ खनाललाई राष्ट्र गौरव पदवी प्रदान गरिएको छ ।

२९ भदौको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, स्वर्गीय तुलसीलाल अमात्य, स्वर्गीय मंगलादेवी सिंह, मोहनचन्द्र अधिकारी, स्वर्गीय दुर्गानन्द झा र स्वर सम्राट स्वर्गीय नारायण गोपाल गुरुवाचार्यलाई महाउज्जवल राष्ट्रदीप प्रदान गरेकी छन् ।