देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थप १०६६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ८ हजार ५४० पीसीआर र २ हजार ८१८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ७ लाख ८३ हजार ९१० पुगेको छ। कुल संक्रमितमध्ये २५ हजार ८२ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ हजार २३४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ४७ हजार ८०० पुगेको छ।

उक्त अवधिमा १६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ।

हाल २३ हजार ६३६ जना होम आइसोलेसन र १ हजार ४४६ जना संस्थागत आइसोलेसनमा छन्। २४६ जना क्वारेन्टाइन, ३८९ जना आइसीयू र १२१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।