देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आइक्यानको अध्यक्षमा युद्धराज ओली

देशान्तर

काठमाडौँ – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपाल ‘आइक्यान’ को अध्यक्षमा सीए युद्धराज ओली निर्विरोध निर्वाचित भएका छन् । आइक्यानले लेखा व्यवसायको नियमन, शिक्षा तथा प्रवद्र्धनको काम गर्दै आएको छ ।

महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले ओलीलाई शुक्रबार पद तथा गोपनीयताको सपथ गराएका थिए । परिषद्का उपाध्यक्ष तथा अन्य सदस्यले पनि सपथ लिएका थिए ।कूल १७ सदस्यीय परिषद्मा हाल १४सदस्य निर्वाचित भइसकेका छन् भने महालेखा परीक्षकको सिफारिसमा नेपाल सरकारले तीन सदस्य मनोनीत गर्न बाँकी छ ।

नवौँ परिषद्को पहिलो कार्यकालका लागि उपाध्यक्षमा भाष्करसिंह लाला निर्वाचित भएका छन भने सदस्यमा चार्टर्ड एकाउन्टेन्टकोतर्फबाट सन्तोष काफ्ले, क्षेत्रगोपाल प्रधान, सुजनकुमार काफ्ले, सुरेन्द्र श्रेष्ठ, रामचन्द्र खनाल, सुजन श्रेष्ठ, पियुष आनन्द र प्रविणकुमार झा निर्वाचित भएका छन् । अध्यक्ष र उपाध्यक्ष पनि यही वर्गबाट परिषद् सदस्य भएका थिए । आइक्यान ऐनअनुसार परिषद् सदस्यबाट अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन्छ ।

चार परिषद् सदस्य हुने दर्तावाला लेखापरीक्षकमध्येबाट पोषराज नेपाल, भोलानाथ पाठक, शङ्कर ज्ञवाली र केशबहादुर केसी पनि सदस्यमा निर्वाचित भएका थिए ।
अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्रमा संरचनागत परिवर्तनको आवश्यकता भएकाले सोहीअनुरुप सरकारले काम गर्न लागेको बताए । यसका लागि आइक्यान जस्तो संस्थाले संस्थागतरूपमै पनि सहयोग गर्नसक्ने तथा दक्ष जनशक्तिका माध्यमबाट सरकारको योजनलाई सहयोग पु¥याउने उनको भनाइ थियो ।

महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले नयाँ नेतृत्वले लेखा व्यवसयालई अझै मर्यादित र प्रतिस्पर्धी बनाउनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरेका थिए ।नवनिर्वाचित अध्यक्ष ओलीले पछिल्लो समय सूचना प्रविधिको उपयोगबाट लेखापरीक्षण व्यवसायमा व्यापक परिवर्तन आएकाले हामीले पनि यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

पूर्व अध्यक्ष मदनकृष्ण श्रेष्ठले आफ्नो नेतृत्वमा रहेको आइक्यानले कोरोना महामारीकै बेला पेशागत हकहितको सुरक्षा र प्रवद्र्धनलगायत काम गरेको बताए ।