देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादीनिकट कर्मचारी संगठनबाट बादल समूह बाहिरियो

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष अम्बिका धमलासहितका एक सयजना केन्द्रीय सदस्यले एमालेनिकट नेपाल निजामति कर्मचारी संगठनसँग एकीकरणको घोषणा गरेका छन् ।

एमाले र माओवादी एकीकरणबाट नेकपा बनेपछि पनि कर्मचारी संगठन एकीकरण भएको थिएन । नेकपा एकता प्रक्रियाबाट रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट एमालेमा रहेसँगै राष्ट्रिय कर्मचारी संगठनको एउटा समूह एमाले आबद्ध निजामति कर्मचारी संगठनमा समाहित भएको हो ।

शनिवार आयोजित निजामति कर्मचारी संगठनको भेलाबाट उनीहरु समाहित भएका हुन् । एमाले अध्यक्ष केपी शर्मा अ‍ोली, नेता रामबहादुर थापा बादलसहितले उनीहरुलाई समाहित गरेका हुन् ।