देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको मुल्य बढ्यो

देशान्तर

काठमाडौं- बुधबार सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सयले बढेर प्रतितोला ९१ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोला ९० हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रहेको छ । त्यसैगरी चाँदीको मूल्य प्रतितोला १२०० मा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।